गैँडाकोटका ८ स्थानमा स्तन र पाठेघरको मुखको स्क्रिनिङ

२०७९ असार ४ शनिबार १८:१७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका विभिन्न ८ स्थानमा महिलाहरुको स्तन परिक्षण, पाठेघरको मुखको क्यान्सर जाँच तथा आङ खस्ने समस्याको निःशुल्क स्क्रिनिङ शिविर गरिएको छ ।

४० वर्षमाथीका महिलाहरुको बढ्दो पाठेघरको मुखको क्यान्सर रोकथाम तथा उपचारका लागि निःशुल्क स्क्रिनिङ शिविर गरिएको गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई पायक पर्ने वडाहरुमा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

शनिबार गैँडाकोटको वडा नम्बर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा मात्रै ७७ जनाको परिक्षण गरिएको स्वास्थ्य शाखाका सिअनमि निरिक्षक सीतादेवी शर्माले जानकारी दिनुभयो । उहाँले कम्तिमा हरेक ६/६ महिनाको फरकमा ४० वर्षमाथीका महिलाहरुले पाठेघरको अनिवार्य जाँच गराउन आवश्यक रहेको बताउनुभयो ।