चण्डिका देवी मन्दिरलाई ५० हजार एक सय ८४ रुपयाँ सहयोग

२०७९ असार ३ शुक्रबार १४:२५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ४ मा रहेको चण्डिका देवी मन्दिरमा ५० हजार एक सय ८४ रुपयाँ सहयोग गरिएको छ । गैँडाकोट ८ का टिकाराम कंडेल र मनरुपा कंडेलको ८४ को  अवसर पारी टिकाराम कंडेलले मन्दिरमा आर्थीक रमक सहयोग गर्नुभएको हो । रमक हस्तान्तरण गर्दै कंडेलले मन्दिरमा गरिएको सहयोग रमकलाई मन्दिरकै मर्मत सम्भार र यसको संरक्षणमा खर्च गर्न आग्रह गर्नुभएको छ । 


चण्डिका देवी मन्दिर धार्मीक सेवा समितीका अध्यक्ष दुर्गादत्त पौडेलले सहयोगी दाताबाट प्रप्तभएको रकमबाट नै मन्दिरको निमार्ण भएको बताउदैँ सहयोग रकमलाई सहि तरिकाले प्रयोग गर्ने बतानुभएको छ । अध्यक्ष पौडेले मन्दिर वरपर पख्खाल लगाउन, भजनकृतन गर्ने सत्तल निमार्ण लगाएतका काम गर्न बाकी रहेको र यसको लागी सम्बन्धि सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।