पुर्व पश्चिम राजमार्ग एकतर्फी सन्चालनमा

२०७९ असार ३ शुक्रबार १२:४२:०० मा प्रकाशित


नवलपुर । वर्षा सँगै आएको बाढिले डाईभर्सन बगाउदा शुक्रबार बिहान ४ बजे बाट अवरुद्ध पुर्व पश्चिम राजमार्ग एकतर्फी सन्चालनमा आएको छ ।
पुर्व पश्चिम राजमार्गको दुम्किबास बजार नजिक रहेको डाईभर्सन बगाउदा अवरुद्ध भएको सडक एकतर्फी सन्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम महेन्द्रराजमार्ग फराकिलो पार्ने क्रममा बनाइएका कल्भर्ट र पुल भएको स्थानको पानीले निकास नपाउँदा कच्ची सडक बगाउने रहेको छ । महेन्द्रराजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारको लापारबाहीका कारण रामजार्गमा खाल्डैखाल्डा रहेका छन् ।