मध्यविन्दु ३ कोल्हुवामा विकूको २३ औँ सेवा केन्दको समुद्घाटन

२०७९ जेठ २७ शुक्रबार १७:४७:०० मा प्रकाशित


नवलपुर
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मध्यविन्दु ३ कोल्हुवामा कोल्हुवा सेवा केन्द्रको एकिकृत सेवा शुभारम्भ गरेको छ । विकूले २३ औँ सेवा केन्द्रको  रुपमा सेवा केन्द्रको रुपमा कोल्हुवा सेवा केन्द्रको समुद्घाटन गरेको हो । मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर महतोले सेवा केन्द्रको समुद्घाटन गरेको हो । प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष महतोले सामाजिक कार्यमा विकूको अग्रसरता उदाहरणिय रहेको बताउनुभयो । विकूले ज्येष्ठ सदस्यलाई दिएको टेक्ने लौरो र अन्य कार्यक्रमले सो कुराको पुष्ट्रि गरेको उहाँको भनाई छ । यस्तै बिभिन्न संघ संस्थाले १ वटा मात्र पनि सामाजिक काम गरेमा बर्षमा यस्ता धेरै सामाजिक काम हुने उहाँको बुझाई छ । 

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकूले ३ दशकदेखी सदस्यको आर्थिक उपार्जनमा जोड दिईरहेको बताउनुभयो । उहाँले विकूले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेकै कारण सफलता प्राप्त गरेको बताउँदै मध्यबिन्दुमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । व्यवहारमा नै सहकार्य भए सहकारीको मर्म पुरा हुने बताउनुभएको छ ।

मध्यविन्दु वडा नम्बर १ का वडाध्यक्ष तिलक न्यौपानेले विकूले बचत, ऋण र तालिम लगायतमा सदस्यलाई सर्वसुलभ सेवा पु¥याउने अपेक्षा लिएको बताउनुभयो । यस्तै वडा २ का वडाध्यक्ष रामभक्त अधिकारीले विकू सबैको मन मनमा बस्न सफल होस भनि शुभकामना व्यक्त गर्नुभएको छ ।
विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले कोल्हुवा सेवा केन्द्रमा मात्रै ७ सय सेयर सदस्य रहनुभएको र करिव २ करोड पूजी संकलन भएको पनि जानकारी दिनुभयो । साथै उहाँले सदस्यहरुको सामाजिक र आर्थिक रुपान्तरणका लागि विकूले काम गरिरहेको बताउनुभयो । 
कार्यक्रममा विकूका लेखा परिवेक्षण समिति संयोजक कमल सुबेदी, कोल्हुवा सेवा केन्द्रका संयोजक अमर बहादुर थनेत, प्रकृति कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रबहादुर खडका, कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्रीधर शर्मा, कोल्हुवा बहुमुखी क्याम्पसका अध्यक्ष नारायणप्रसाद अर्याल, कुमारवर्ती मावीका प्राचार्य जनककुमार केसी लगायतका अतिथिले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
विकूका कार्यसमितिका पदाधिकारी, बिभिन्न संघसंस्थाका प्रतिनिधि, सेयर सदस्यहरु सहभागि रहेको सो कार्यक्रममा स्वागत मन्तव्य विकूका उपाध्यक्ष यमुनाथ आचार्यले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले गर्नुभएको थियो । 
बिकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य नारा लिएर सदस्यलाई मुस्कान सहितको सेवा प्रदान गरेको छ । गर्भदेखि स्वर्गसम्म नारा लिएर सदस्यलाई बित्तिय र गैरबित्तिय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै आज विकूले कोल्हुवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकलाई टेक्ने लौरी गरिएको हो ।