स्व. सापकोटाको परिवारलाई नेशनल लाइफ इन्स्योरेन्सद्वारा ७५ लाख बिमा दाबी भुक्तानी 

२०७९ जेठ २६ बिहीबार १९:३९:०० मा प्रकाशित

चितवन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गैँडाकोटका स्व. अनिल सापकोटा परिवारलाई बिमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ७५ लाख ७ हजार २ सय ६८ रुपैँया दाबी भुक्तानी गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले स्व. सापकोटाकी श्रीमती सरस्वती सुवेदीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

दाबी भुक्तानी कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर उपप्रमुख अधिकारीले स्वचालित जीवनमा समाजका लागि र मुत्युपश्चात परिवारका लागि समेत होस् भनि स्व. सापकोटाले गरेको कार्य अनुसरण योग्य रहेको बताउनुभयो ।

प्राप्त रकमले क्षतिपूर्ति गर्न नसकेपनि सन्ततिको भविष्य निर्माणका लागि राहत हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष नेशनल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका प्रमुख रामकुमार अधिकारीले बीमा भनेको जीवन रहँदा र नरहँदा पनि आवश्यक रहेको बताउनुभयो ।  स्व. सापकोटाले २०७८ असोज मसान्तमा बीमा गर्नुभएको थियो । उहाँले १ किस्ता मात्र ९ लाख रुपैँया तिर्नुभएको थियो ।

२०५१ सालदेखि सुरु भएको बीमा कार्यक्रम कम्पनीमा १ लाख ५० हजार बीमित रहेका छन् । कम्पनीमा हाल १२०० बढी एजेण्ट रहेका छन् । ४ अर्ब शेयर पुँजी रहेको कम्पनीले ३ अर्ब भन्दा बढी दाबी भुक्तानी गर्ने गरेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।