मौलाकालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन प्रयास

२०७९ जेठ २२ आइतबार ०७:४५:०० मा प्रकाशित

गैँडाकोट । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको १३ औँ अधिबेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।

सर्वसम्मत नयाँ कार्य समिति चयनका लागि २६ गते बिहीबार दिउँसो १ बजेसम्मको समय तय गरिएको निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो । यद्यपि मतदाता नामावली आज प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो ।

अन्तिम नामावली प्रकाशन हुन बाँकी रहेपनि मन्दिरमा करिब १०२८ मतदाता रहेका छन् । निर्वाचन समितिमा चुडामणी शर्मा गौतम र सुरेश पण्डित सदस्य हुनुहुन्छ ।

यसअघि शनिबार मन्दिरको ४२ औँ साधारण सभा सम्पन्न भएको छ ।