त्रिवेणी साहित्य प्रतिष्ठान्को भवन शिलान्यास 

२०७९ जेठ १२ बिहीबार १६:१७:०० मा प्रकाशित

गैँडाकोट । त्रिवेणी साहित्य प्रतिष्ठान् नेपालले गैँडाकोट ५ स्थित कुसुमघाट टोलको नारायणी नदी किनारमा भवनको शिलान्यास गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले साहित्य कला र संगीतको विकासमा त्रिवेणी साहित्य प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । प्रतिष्ठानको भवन बन्नु आफैमा सुखद् पक्ष भएको बताउदैँ उहाँले साहित्य, कला मार्फत नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।  
कार्यबाहक अध्यक्ष इन्द्रराज पौडेलले यसै आर्थिक बर्षमा नै भवन निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक सभाहल, एक कोठा र एक शौचालय निर्माण हुने गरि भवन निर्माण प्रक्रिया अघि बढाइएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट ५ लाख र बाँकी प्रतिष्ठानको आन्तरिक स्रोतबाट गरी करिब १० लाखको लागतमा भवन बनाइने प्रतिष्ठानका सचिव भिमप्रसाद शर्माले जानकारी दिनुभयो ।  
स्थानीय ऋषिराम अधिकारी र ज्ञानेन्द्र अधिकारीले भोगचलन गर्दै आएको जग्गा प्रतिष्ठानलाई उपलब्ध गराएपछि भवन निर्माण कार्य अघि बढेको हो । हाल पनि कार्यबाहक अध्यक्ष इन्द्रराज पौडेलको घरमा कार्यालय स्थापना गरि कामहरु भइरहेका छन् ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइराला, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, गैँडाकोट ६ का वडा सदस्य रणबहादुर दरै, नेपाली काँग्रेस गैँडाकोटका नगर सभापति बद्री सापकोटा, साहित्यकार एवम कवि लक्ष्मी बराल, रामहरि शर्मा, उदय रेग्मी, धर्मानन्द शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठानका सल्लाहकार एवं कविवर गोविन्दराज विनोदीले स्वागत मन्तव्य व्यक्त गर्दै सबैको सहयोगले भवनले मूर्त रुप लिने बताउनुभयो ।