गैँडाकोटको कुन वडामा कति मत खस्यो पुरा सुची हेर्नुहोस

२०७९ बैशाख ३० शुक्रबार १९:४०:०० मा प्रकाशित


गैँडाकोट । आज स्थानीय तह निर्वाचन २०७९ को मतदान कार्य आज सम्पन्न भएको छ । नवलपुर जिल्लामा आज ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । नवलपुर जिल्लका प्रमुख निवार्चन अधिकृत अर्जुन अधिकारीले दिउसो केही स्थानमा हल्का बर्षा हुदा केही समय मतदान रोकिए पनि अन्य केही समस्या नभएको बताउनुभयो ।
गैँडाकोटमा ४७ हजार ७ सय १५ मतदाता रहेका छन् । जसमध्य गैँडाकोट वडा नम्बर एकमा ३ हजार १ सय ६३ मत खसेको छ । वडा नम्बर दुईमा २ हजार ९ सय ६१ मत खसेको छ । वडा नम्बर ३ मा १ हजार ७ सय १८ मत खसेको जनाईएको छ । 
त्यस्तै वडा नम्बर ४ मा २ हजार २ सय ७४ मत खसेको छ । वडा नम्बर ५ मा ३ हजार ३० मत खसेको छ । ६ नम्बरमा १७ सय ८ मत खसेको छ । वडा नम्बर ७ मा १४ सय १७ मत खसेको छ । ८ मा १९ सय ८६ मत खसेको छ ।वडा नम्बर ९ मा ९ सय ९० मत खसेको छ ।
वडा नम्बर १० मा १९ सय ८५ मत खसेको छ । वडा नम्बर ११ मा २  हजार ९९ सय मत खसेको छ ।
त्यस्तै १२ मा १८ सय ८६ मत खसेको छ । १३ मा २ हजार १६ मत खसेको छ । १४ मा २ हजार ३६ मत खसेको छ । १५ मा १३ सय २१  मत खसेको छ । १६ मा १२ सय ७७ , १७ मा ९ सय १२ मत खसेको छ र वडा नम्बर १८  को जानकारी आउन बाकी छ । 
नवलपुरका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार गैँडाकोट नगरपालिकामा करिव ७२ प्रतिशत, देवचुली नगरपालिकामा ७३ प्रतिशत बौदीकाली गाउँपालिकामा ६७.५२ प्रतिशत , हुप्सेकोटमा ६७ प्रतिशत, बुलिङटारमा ६७.३८ र विनयी त्रिबेणीमा ६६ प्रतिशत मतदान भएको छ ।