स्थानीय निर्वाचन स् देवचुलीमा ६५ प्रतिशत भन्दा बढि मत खस्यो

बिहान ७ बजे देखि सुरु भएको स्थानीय तह निर्वाचनका लागि देवचुली नगरपालिकामा ६५ प्रतिशत मत खसेको छ ।
देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार ३ बजे सम्म देवचुलीमा ६५ प्रतिशत भन्दा बढि मत खसेको जानकारी दिनुभएको छ ।
देशैभर सहित नवलपुरको देवचुलीमा रहेका मतदान केन्द्रमा पनि बिहान ७ बजेवाट मतदान सुरु भएको थियो ।
मतदानका लागि मतदान केन्द्रमा बिहानै देखि मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ ।
देवचुलीमा ३६ हजार ८ सय ६९ मतदाता रहेका छन भने ४६ मतदान केन्द्र र १९ मतदान स्थल तोकिएको छ ।