गैँडाकोटमा ट्रकमुनि सुतेका एक पुरुषको ट्रकले किचेर मृत्यु

२०७९ बैशाख २७ मंगलबार १६:०३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा ट्रकले किचेर एक पुरुषको मृत्यु भएको छ । 
गैँडाकोट २ भृकुटीचोकमा राजमार्ग छेउमा रोकिराखेको ना ३ ख १८९ नम्बरको ट्रकमुनि सुतिरहेका पुरुषलाई ट्रकले किचेको हो । उक्त ट्रकमुनि सुतिरहेका उनलाई ट्रकको पछाडीको पांग्राले किचेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । अन्दाजी ४०–४५ वर्षका उक्त पुरुषको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी छ । 
स्थानीयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो ट्रक राजमार्ग छेउमा रोकिराखेको थियो । मादक पदार्थ सेवन गरेका उक्त व्यक्ति ट्रकमुनि सुतिरहेका थिए । चालक तथा सह चालकले ख्याल नगर्दा उक्त दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ ।