शिक्षामा आमुल परिवर्तन आवश्यक

२०७९ बैशाख १५ बिहीबार १४:३८:०० मा प्रकाशित

गैँडाकोट । स्थानीय सरकार आएपछि शैक्षिक क्षेत्रमा आमुल परिर्वतन हुने अपेक्षा गरे पनि सो अनुरुप हुन नसकेको गैँडाकोटका शैक्षिक व्यक्तिहरुले बताएका छन् । शिक्षामा उनीहरुले सन्तुष्ट हुन नसकेको बताए । 
शिक्षाको क्षेत्रमा आमुल परिर्वतन हुन्छ भन्ने अपेक्षा गरे पनि सो अनुरुप हुन नसकेको नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक ईन्द्रराज भट्टराईले बताए । अब आउने जनप्रतिनिधि शिक्षाको क्षेत्रमा बुझेको र उपयुक्त योजना बनाउन सक्ने व्यक्ति होस भन्ने चाहना रहेको उनले बताए । 
विद्यालयको भौतिक सुधारका लागी जनप्रतिनिधिले बजेट विनियोजन गरेपनि शैक्षिक सुधारका लागि भने कुनै योजना नबनाएको लक्ष्मि माध्यमिक विद्यालयका प्रधानध्यापक मणिकण्ठ कंडेलले बताए । शैक्षिक सुधारमा योजना लिएर आगाडी बढ्ने सक्ने जनप्रतिनिधि आवश्यक रहेको उनको तर्क छ । 
आगामी स्थानीय तहको निर्वाचन पछि आउने जनप्रतिनिधिहरुले राष्ट्रिय दस्तावेजको आधारमा रहेर शिक्षा क्षेत्रमा काम गरे शिक्षा क्षेत्रलाई अगाडि बढाउन सकिने गैँडाकोट शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाई बताउँछन् । शिक्षा क्षेत्रमा गुणात्मक रुपमा बदलिनका लागि कानुन प्रावधान हुन पर्ने आवश्यक रहेको उनले बताए । विद्यालयको भौतिक सुधारले मात्र शिक्षा क्षेत्रको विकास नहुने उनीहरुको तर्क छ ।