सामाजिक न्याय दिवस

काठमाडौँ । आज सामाजिक न्याय दिवस । डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितताका साथ सामाजिक न्याय दिवस मनाइँदै छ ।
डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितताका लागि सन् २०२२ को सामाजिक न्याय दिवसले विशेष पैरवी गर्दै छ । आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशिताको पैरवी पनि गर्दछ । आर्थिक रूपमा संघर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरू अनौपचारिक क्षेत्रले ओगटेको छ । यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरूमा खलल गर्न सक्ने सम्भावना धेरै रहन्छ ।
नेपाल सरकारले विभिन्न कार्य योजना, आवधिक योजना र रणनीति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐनहरू ल्याएको छ । सरकारले सामाजिक सुरक्षाका प्रावधानहरू समावेश गरेको ऐन पनि ल्याएको छ । अझै पनि सामाजिक न्याय र समावेशितालाएै जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।