हनुमान मन्दिर समिति (चक्रघाट) को १२ औँ साधारण सभा सम्पन्न
मन्दिरले अलिकति मात्रै रुप छोड्यो भने हाम्रो गैडाकोटको रूप जान्छ - मदनभक्त अधिकारी

गैँडाकोट । हनुमान मन्दिर समिति (चक्रघाट)को १२ औँ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै मन्दिरका अध्यक्ष टीकाराम सापकोटाले संस्थाको पहिलो पञ्चवर्षीय योजना अन्तर्गत शिखर खजुराब शैलीको भव्य कलात्मक श्री हनुमान मन्दिर निर्माण मूर्ति प्राणप्रतिष्ठा एवं साङ्ग विराट ज्ञान महायज्ञको आयोजना समुद्घाटन ,चक्रघाटको स्तरोन्नति, ३५ लाखसम्मको अक्षयकोष स्थापना जस्ता कार्यहरू संस्थाले सम्पन्न गरेको बताउनुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो संस्थाले भौतिक पूर्वाधार निर्माणतर्फ वर्तमान समयमा धर्मशाला निर्माण, कलात्मक प्रवेशद्वार निर्माण ,मन्दिर प्राङ्गणमा मोजाक टायल बिछ्याउने, नाली निर्माण, पार्किङ व्यवस्थापन शुद्ध चिसो पिउने पानीको व्यवस्थापन, चन्द्रलोक मार्गको स्तरोन्नति ,थ्री पेस विद्युत जडान, प्रवेश द्वारमा मन्दिरको नामांकित स्वचालित विद्युत बोर्ड जडान लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताउनुभयो । सापकोटाले छैठौं अधिवेशन कार्यक्रमबाट सक्षम र कुशल नेतृत्व चयन हुनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले हनुमान मन्दिरले धार्मीक पर्यटन प्रर्वद्धनमा सहयोग पुराएको बताउँदै, मन्दिर बिकासका लागि नगरपालिका पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नगरप्रमुख अधिकारीले हनुमान मन्दिरको अहिलेको समितिले जसरी नै काम गरेको छ अब आउने समितिले पनि राम्रो काम गर्नेछ भन्ने विश्वास रहेको बताउनुभयो । उहाँले आजसम्म मन्दिरमा जति पनि काम भए त्यसमा उद्योगी व्यवसायी पवन अग्रवालको धेरै देन रहेको बताउनुभयो । अधिकारीले मन्दिरले अलिकति मात्रै रुप छोड्यो भने हाम्रो गैडाकोटको रूप जान्छ त्यसकारण भगवान हनुमानको मन्दिर आज हाम्रो गाउँमा बनेको छ यसलाई अझै निर्माण गर्न बाँकी छ र यसलाई पुरा गर्न लागि परेको पनि बताउनुभयो ।
मन्दिरको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरका सचिव सीता गिरी (वन) ले आगामी दिनमा चक्रघाटमा निर्मित वालमा ग्याबिन गरी नदी कटानबाट संरक्षण गर्ने, मन्दिरको परिसर दक्षिण भिरालो पाखालाई रोकथाम गर्न ग्याबिन गर्ने, पक्की संरचनाको कलात्मक हवनकुण्ड निर्माण गर्ने, गायत्री कुटी निर्माण गर्ने, भोजनालय तथा पाठशाला निर्माण गर्ने ,मन्दिरको पार्किङ क्षेत्रमा मोजाईक टायल लगाउने ,धार्मिक अवलोकन भ्रमणको आयोजना गर्ने जस्ता कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बृद्धिनाथ घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन संयोजक नारायणप्रसाद भट्टराईले गर्नुभएको थियो ।
साधारण सभामा संस्था लाई योगदान पु¥याएकोमा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, गैडाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष धामनाथ सापकोटा, जयश्री फुड्सका सञ्चालक पवन कुमार अग्रवाल ,सामुदायिक वन महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा ,सामाजिक व्यक्तित्व नारायण पौडेल, धार्मिक व्यक्तित्व वेदप्रसाद गौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धार्मिक व्यक्तित्व ,समाजसेवी व्यक्तित्व, बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मंन्तव्य संस्थाका उपाध्यक्ष उमाकान्त सापकोटाले राख्नुभएको थियो भने सहजिकरण सचिव सिता गिरीले गर्नुभएको थियो ।
यसै बिच संस्थाको नयाँ नेतृत्व चयनको लागि गंगाबहादुर पाण्डेको संयोजकमा तीन सदस्य निर्वाचन समिति समेत गठन गरिएको छ । जसको सदस्यमा होमनाथ सापकोटा र जयराम कँडेल रहनुभएको छ । निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने संयोजक गंगाबहादुर पाण्डेको बताउनु भयो ।