विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड नाघ्यो 

२०७८ माघ १३ बिहीबार १२:१९:०० मा प्रकाशित


विश्वभर कोरोना भाइरसका कारण सकं्रमित हुनेको संख्या ३६ करोड नाघेको छ ।  पछिल्लो समय दैनिक सकं्रमण दर बढ्दै गर्दा ३ देखि ४ दिनमै करोडभन्दा बढी सङ्क्रमित थपिन थालेका छन्। 
२४ घन्टामा मात्रै विश्वभर ३५ लाख २० हजार ५ सय ४९ जना नयाँ सकं्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सकं्रमित हुनेको संख्या ३६ करोड २९ लाख ३७ हजार ३ सय २३ पुगेको छ।
२४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ५ लाख ३३ हजार ३ सय १३, फ्रान्समा ४ लाख २८ हजार ८, भारतमा २ लाख ८४ हजार ४ सय ६९, ब्राजिलमा २ लाख १९ हजार ८ सय ७८, जर्मनीमा १ लाख ८८ हजार ७ सय ५९, इटलीमा १ लाख ६७ हजार २ सय ६, स्पेनमा १ लाख ३३ हजार ५ सय ५३ र बेलायतमा १ लाख २ हजार २ सय ९२ जनामा कोरोना सकं्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घन्टामा विश्वभर तेस्रो लहर सुरु भए यताकै धेरै मानिसको कोरोनाका कारण मृत्यु भएको छ।  कोरोना सम्बन्धी तथ्याक अद्य्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० हजार ६ सय ४२ जना को कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ लाख ४५ हजार १ सय ७८ पुगेको छ ।