नवलपुरमा ५२ जनामा देखियो कोरोना

२०७८ माघ १ शनिबार १७:५२:०० मा प्रकाशित

गैँडाकोट । दिनानु–दिन नवलपुरमा कोभिड सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नवलपुरमा ५२ जनामा कोभिड सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कावासोतीका ३२ जनामा संक्रमण देखिएको छ । त्यस्तै गैँडाकोटका ९ जना, देवचुलीका ३ जना, मध्यविन्दुका ६ जना र विनयी त्रिवेणीका १ जना र बाहिरी जिल्लाका १ जना रहेका छन् ।

सोमबार ४६ जना कोरोना सक्रिय सङ्क्रमित रहेकोमा ५ दिनमा बढेर त्यो २१३ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा हालसम्म ११ हजार १ सय ६२ जनामा सङ्क्रमण देखिएको छ । जिल्लामा १७३ जनाको मृत्यु भएको छ ।