मोबाईलमा भएपनि नवलपुरमा माघ ७ गतेदेखी खोप कार्ड अनिवार्य

२०७८ पौष २८ बुधबार १७:३१:०० मा प्रकाशित


गैँडाकोट । नवलपुरमा माघ ७ गतेदेखी खोप कार्ड अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा आदी) प्रवेश गर्दा अनिवार्यरुपमा खोप कार्ड देखाउनुपर्ने जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ । खोप कार्ड साथमा वा मोवाईलमा सो कार्डको फोटो भएपनि राख्न भनेको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले माघ ७ गतेदेखी ती निकायहरुले खोप कार्ड हरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन आदेश जारी गर्नुभएको हो । स्थानीय तह र सबै सार्वजनिक सेवा प्रदायक निकायले प्रचार प्रसार र कार्यान्वयनको व्यवस्था गर्न भनिएको छ ।

जिल्लामा २५ जना भन्दा बढि भेला हुने गरि मेला, महोत्सवमा रोक लगाईएको छ ।