स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

२०७८ पौष २७ मंगलबार १७:४७:०० मा प्रकाशित

पहिलो चरणको लकडाउनपछि १५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गर्नुभएका नेपाली म्युजिक भिडियोका सफल मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त हुनुहुन्छ। लकडाउनअघि पलको तुलना अन्य दुई स्टार अभिनेता अनमोल केसी र प्रदीप खड्कासँग हुने गर्दथ्यो ।

नेपाली चलचित्र क्षेत्रमा अब अनमोल, प्रदीप र पलले नै केही समय राज गर्छन् भन्ने खालका बहस हुने गर्दथ्यो । तर, लकडाउनपछि दैनिकजसो नै म्युजिक भिडियोमा देखिएका पल शाह भने सस्तो बनेको आरोप लाग्ने गरेको छ । पल र प्रदीपले लकडाउनमा पनि स्टारडम मेन्टेन गरेको देखिएपनि पल भने हरेक दिन कि त भिडियो, कि सार्वजनिक कार्यक्रम वा कुनै न कुनै युट्युब च्यानलको अन्तर्वार्तामा देखिए । जसले पनि हिजोआज दर्शकमाझ  उनको चासो घटेको बताइन्छ ।

पल अभिनित म्युजिक भिडियो दिनहुँ सार्वजनिक हुँदा भ्युज पनि उल्लेख्य आउन छाडेको छ । कुनै समय घन्टामै पलका भिडियोले ५० हजार भ्युज सहजै पाउने गर्थे । तर, अहिले यस्तो देखिँदैन ।

तर, पल भने स्टारडमको दौडमा पछि परेको कुरा स्वीकार्न तयार छैनन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘कुनै पनि चलचित्र आएर सुपरफ्लप भयो भने म यसको जवाफ दिनेछु ।’

अनमोल, प्रदीप भन्दा आफ्नो स्टारडम डाउन भएको भन्ने प्रश्नमा उनले भने, ‘यहाँ स्टारडम जोख्ने यन्त्र के छ । हल्लाको पछि लाग्ने होइन । म प्रत्येक दर्शकको घर(घरमा पुग्न चाहन्छु । मलाई हरेक वर्गका दर्शकको मनमा बस्न मन छ । अरुको विषयमा मलाई केही थाहा छैन ।’

पलले आफ्नो भिडियोको भ्युज कम नभएको, दर्शकले गाली पनि नगरेको भन्दै दर्शकबाट नकारात्मक प्रतिक्रिया आएको दिनमा यो प्रश्न सुहाउने तर्क गनुभएको छ ।