नारायणी वनकोे वन ब्यवस्थापन गोष्ठी 

२०७८ पौष २७ मंगलबार १५:२५:०० मा प्रकाशित


गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन तथा सरसफाई सम्बन्धी गोष्ठी गरेको छ । समूहले उपभोक्तालाई वन ब्यवस्थापन तथा सरसफाईसँगै एक्ल्याउने पत्ल्याउने सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको हो । उपभोक्तालाई वन संरक्षणसगैँ झाडी सफाई गर्ने तरिकाबारे सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिङ गुरुङले प्रशिक्षण दिनुभएको थियो । गुरुङले गोष्ठिमा सिकेका कुरालाई पूर्णरुपमा व्यवहारमा लागु गर्न आग्रह समेत गर्नुभएको छ ।
नारायणी सामुदायिक वनका अध्यक्ष दिननाथ त्रिपाठीले वन संरक्षणमा उपभोक्तालाई उत्तरदायी बनाउन र सचेतना जगाउन पनि गोष्ठि राखिएको बताउनुभयो । वन संरक्षणमा उपभोक्तालाई नै सहभागी गराउँदा यसप्रति उहाँहरुको माया पनि बढ्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले सामुदायिक वन समुदायको सम्पत्ति रहेकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभएको छ । त्यस्तै गैँडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले वन मानिसको जीवन रहेको बताउँदै वनलाई बचाउनु भनेको आफ्नै जीवन बचाउनु जस्तै भएको बताउनुभयो । जयश्री टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रसाद खनालले वन संरक्षणमा नारायणी वनले महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ ।
कार्यक्रमको सहजिकरण नारायणी वनका सचिव उमा पाण्डेले गर्नुभएको थियो ।