‘मन्त्र’को फस्टलुकमा सौगात र दियाको फरक गेटअप

२०७८ मङ्सिर १३ सोमबार १७:३५:०० मा प्रकाशित

१३ मंसिर, काठमाडौं । चलचित्र ‘मन्त्र’कोे फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी माघ २८ गते रिलिज हुने निर्माणपक्षले जनाएको छ । कोरोना महामारीका कारण चलचित्रको रिलिजमा ढिलाइ भएकोे हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् ।

यो चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । उनका अनुसार ५ हजार १०० मिटरभन्दा माथिको मनास्लु हिमालको बेस क्याम्पमा पुगेर चलचित्रको छायांकन गरिएको छ ।