दोस्रो वडा स्तरिय सेभेन ए साइड फुटवल प्रतियोगिता आज ५ खेल 

२०७८ मङ्सिर १२ आइतबार १९:२९:०० मा प्रकाशित



एभरेष्ट युवा क्लवको आयोजनामा शनिबारदेखि गैँडाकोट ९ मा रहेको नवजागरण जारी दोस्रो वडा स्तरिय सेभेन ए साइड फुटवल प्रतियोगिता आज ५ खेल भएका छन ।

आज भएको पहिलो खेलमा गैँडाकोट टिम बि र गैँडाकोट ७ ए बिच प्रतिस्पर्धा भएको थियो । जसमा गैँडाकोट ७ ए ले २–१ गोलअन्तरले जित निकालेको छ । यस्तै गैंडाकोट १४ र गैँडाकोट २ बिच भएको खेलमा गैँडाकोट २, १–० गोलअन्तरले विजयी बनेको हो । गैँडाकोट टिम ए र गैँडाकोट १० बिच भएको खेलमा गैँडाकोट १०, १–० गोलअन्तरले विजयी भएको उपाध्यक्ष विनोद क्षेत्रीले जानकारी दिनुभयो । यस्तै गैँडाकोट १५ र गैँडाकोट ११ बिच भएको प्रतिस्पर्धामा गैँडाकोट ११, १–० गोलअन्तरले विजयी भएको छ भने गैँडाकोट १ र गैँडाकोट १२ बिच भएको प्रतिस्पर्धामा गैँडाकोट १, ४–१ गोलअन्तरले विजय बनेको हो । भोली दोस्रो चरणका खेलहरु शुरु हुने उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभएको छ । 
हिजोदेखि शुरु भएको खेलमा गैँडाकोट नगरका १७ वटा वडास्तरिय फुटवल क्लवले प्रतिस्पर्धा गर्र्देछन । दोस्रो वडा स्तरिय सेभेन ए साइड फुटवल प्रतियोगिता विजेतालाई ३० हजार र ट्रफी र उपविजेतालाई २० हजार र ट्रफी रहेको उपाध्यक्ष विनोद क्षेत्रीले जानकारी दिनुभयो ।