क्षेत्रीय सभापतिमा अमृत भट्टचन २ सय २३ मतले विजयी 

२०७८ मङ्सिर ८ बुधबार १६:३५:०० मा प्रकाशित


देवचुली । नेपाली काँग्रेस १४ आँै महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन विजयी हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा ११५१ मत खसेको थियो ।  अमृत भट्टचनलाई महेन्द्रध्वज जिशीको समर्थन थियो भने कमलप्रसाद पराजुलीलाई काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाको समर्थन रहेको थियो । 


नवलपुर क्षेत्र नं. १ को बुधबार सम्पन्न मतगणनाबाट क्षेत्रीय सभापतिमा अमृत भट्टचन ६७० मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गर्नुभयो । दुबै नेता गँैडाकोटका हुनुहुन्छ । 


सचिवमा भने दुबै प्यानलबाट एक एक जना विजयी भएका छन् । कोइराला पक्षको प्यानलबाट अमृत श्रेष्ठ विजयी हुनुभएको छ भने जिशि पक्षको प्यानलबाट शालिकराम सापकोटा निर्वाचित हुनुभएको छ । अमृत गँैडाकोटका हुनुहुन्छ भने सापकोटा कावासोतीका हुनुहुन्छ ।  अमृत श्रेष्ठले ५८७ मत र  शालिकराम सापकोटाले ५६४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । यस्तै सचिव पदका उम्मेदवार दाताराम घिमिरे र शिवलाल सापकोटाले क्रमशः ५०३ र ४८३ मत प्राप्त गर्न सफल हुनुभयो ।


सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी हुनुभएको छ । सापकोटा जिशि प्यानल र घिमिरे कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।  सहसचिवका अन्य उम्मेदवार प्रदीप कुमार मुग्मीले ४८० र तारानाथ अधिकारीले ४६५ मत प्राप्त गर्नुभएको छ ।