नवलपुरमा आज थप २ जनामा कोभिड १९ पुष्टी

२०७८ मङ्सिर ७ मंगलबार १६:१६:०० मा प्रकाशित



नवलपुरमा आज थप २ जनामा कोभिड १९ पुष्टी भएको छ । यो सँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या  ३३ पुगेको छ । स्वास्थ कार्यलय नवलपुरका अनुसार आज  गैँडाकोट र मध्यबिन्दुका १–१ जनामा कोभिड १९ पुष्टी भएको हो ।
 यस्तै सबैभन्दा धेरै सक्रिय संक्रमित कावासोतीमा रहेका छन् । कावासोतीमा ११ जना सक्रिय संक्रमित छन् भने गैँडाकोटमा १० जना, मध्यबिन्दुमा ३ जना, देवचुलीमा ३ जना, विनयी त्रिवेणीमा १ जना र  हुप्सेकोटमा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरद्वारा जारी सुचनामा जनाइएको छ ।
 यस्तै  डिस्चार्ज हुनेको हालसम्मको संख्या ८ हजार २ सय ७७ पुगेकोे स्वास्थ्य कार्यलयले जनाएको छ ।