गैँडाकोट नगरपालिकामा भीम बहादुरको अध्यक्षतामा तदर्थ नगर समिति गठन
नवलपुर, परियार सेवा समाजले नवलपुरको गैंडाकोट नगरपालिकामा तदर्थ नगर समिति गठन गरेको छ। जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गर्ने अभियानअन्तर्गत समाजले गैंडाकोटमा नगरस्तरीय समिति गठन गरेको हो। समाजका जिल्ला अध्यक्ष प्रकाश परियारका अनुसार भीमबहादुर परियारको संयोजकत्वमा गैंडाकोट नगरस्तरीय तदर्थ समिति गठन गरिएको हो।गठित समितिको उपाध्यक्षमा कृष्ण बहादुर परियार, सचिवमा बिन्दु थापा परियार, कोषाध्यक्षमा भिमकुमारी दर्जी र सहसचिवमा बाबुराम परियार चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा रामबहादुर दर्जी, उमा परियार, अनिल रत्न परियार, कृष्ण परियार, अर्जुन परियार, कृष्ण परियार, धनबहादुर परियार, अमरबहादुर परियार, लालमाया दर्जी, बुद्धि परियार र विष्णु परियार रहेका छन्।
.jpeg)
जिल्ला अध्यक्ष प्रकाश परियारले जिल्लाका विभिन्न स्थानीय तहमा समाजको तदर्थ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कावासोती नगरपालिकामा पनि तदर्थ समिति गठन भइसकेको छ। समाजले जिल्लाका अन्य स्थानीय तहमा समेत संगठन विस्तार गर्दै परियार समुदायको एकता, पहिचान, हकहित र सामाजिक उत्थानका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ। उक्त कार्यक्रमको सञ्चालन परियार सेवा समाज नवलपुरका सचिव ऋषिराज दर्नालले गर्नुभएको थियो ।