नयाँ कार्यसमिती अमरापुरी खानेपानीमा मंसिर १९ गते चुनाव हुने 

२०७८ मङ्सिर ३ शुक्रबार १६:३७:०० मा प्रकाशित


गैँडाकोट । अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिती र लेखा समिती चयनको लागी निवार्चन कार्यतालिका सार्वजनीक गरेको छ । यही मंसिर १९ गते मतदानको मिति तोकीएको निर्वाचन समिती संयोजक तेजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सचिव पदका लागी उम्मेदवारी दिनुभएका श्याम नारायण ढकाल र उमानन्द कंडेलले बिहीबार उम्मेदवारी फिर्ता लिनु भएको छ । बाँकी कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि मतदानको प्रकृया अगाडी बढेको सापकोटाले बताउनुभयो । बुधबार चुनाव चिन्ह् दिएको छ । शुक्रबारबाट उम्मेदवारहरु प्रचारप्रसारमा निस्किएका छन् ।