सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

२०७८ कार्तिक २९ सोमबार १३:४३:०० मा प्रकाशित

काठमाण्डौ

लगातार बढेको सुनको भाउ आज भने केही घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।