उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

२०७८ कार्तिक २५ बिहीबार ०८:४५:०० मा प्रकाशित


उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।

प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् । घरका पुरुष सदस्यले दौरा ९पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी० बोकेर छठघाटसम्म लगिदिन्छन् । दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् ।

पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी बताउँछन् । सँस्कृतिविद द्विवेदीका अनुसार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुले घर गएर भाकल अनुसार कोशी भर्ने गर्छन । व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् । ‘सबैजना घाटमा जान सकेका हुँदैनन, तर कोशी भरिसकेपछि परिवारका सबै सदस्य ढोग्ने प्रचलन छ,’ द्विवेदीले भने ।

ऋजजबतज(दष्चबतलबनबच(द्ध(ठटडहछज्ञद्द।वउन

बिहान छटघाट पुगेपछि शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ । छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

ऋजजबतज(चबगतबजबत(mयचलष्लन(ज्ञण्द्दद्धहटडघ।वउन

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया , रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठका विशेष रौनक देखिने गरेको छ । चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस भनेर छठी माता र सूर्यको आराधना गर्ने गर्दछन् ।