दक्षिण कोरिया पूर्ण छात्रवृत्तिमा जान गोल्डेन एमिनेन्ट चितवनले काम गर्दै 

२०७८ कार्तिक २४ बुधबार १८:११:०० मा प्रकाशित


चितवन । दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयले नेपाली विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्तिको आवेदन खुला गरेको छ । १२ कक्षा उत्तीर्ण गरी आइ–एल–टिएस गरेका विद्यार्थीहरुले भरतपुर १० चितवन मेडिकल कलेज अगाडि रहेको गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिमार्फत दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको लागि भर्ना आवेदन दिन सक्नेछन् ।
गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक तथा क्युङसुङ विश्वविद्यालयका नेपाल प्रतिनिधि प्रकाश रिजाल क्षेत्रीले दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि क्युङसुङ विश्वविद्यालयले यही मार्च २०२२ को लागि छात्रवृत्तिमा भर्ना आवेदन खुल्ला गरेको जानकारी दिनुभयो । उहाँले छात्रवृत्तिमा दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालय नेपाली विद्यार्थीहरुको लागि सुनौलो अवसर बन्दै आएको बताउनुभयो । 
क्युङसुङ विश्वविद्यालयका नेपालको कर्मचारी सम्झना क्षेत्रीका अनुसार यस विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति पाउन कम्तीमा १२ कक्षामा २.२ जि–पि–ए र आइ–एलटिएसमा ५.५, पि–टिइमा ५२ अंक प्राप्त गर्ने नेपाली विद्यार्थीले छात्रवृत्तिमा आवेदन दिन सक्नेछन् । यस क्युङसुङ विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीले न्यूनतम ४ देखि ५ लाखसम्ममा जान सक्नेछन् ।
उक्त विश्वविद्यालयमा अध्ययन गरिसकेका विद्यार्थीहरुले दुई वर्षको पिएसडब्लु प्राप्त गर्न सक्नेछन् । क्युङसुङ विश्वविद्यालयमा व्याचलर र मास्टर्स अध्ययन गर्न नेपाली विद्यार्थी जान सक्नेछन् । क्युङसुङ विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले छात्रवृत्ति पाउने र कोरियामा पुगिसकेपछि कुनै पनि समस्या परेको खण्डमा गोल्डेन एमिनेन्टको सउल (दक्षिण कोरिया) मा रहेको यस संस्थासँग सहयोग र परामर्श लिन सकिने सम्झना क्षेत्रीले जानकारी दिनुभयो ।  
कस्तो विश्वविद्यालय हो क्युङसुङ ?
क्युङसुङ विश्वविद्यालय दक्षिण कोरियाको बुसान शहरअवस्थित रहेको छ । यस विश्वविद्यालयले कोरियामा रहेका विश्वविद्यालयको ४३ औँ नम्बरमा पर्छ । यस विश्वविद्यालयले कोरियामा रहेका विगत वर्षहरुदेखि उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई न्यून शुल्कमा ३० प्रतिशतदेखि सतप्रतिशतसम्म छात्रवृत्ति दिने गरेको छ । 
क्युङसुङ विश्वविद्यालयमा होटल म्यानेजमेन्ट–ट्राभल एण्ड टुरिजम, बि–बि–ए, मेकाटोनिक्स इन्जिनियरिङ विषयको न्यून शुल्कमा अध्ययन गराउँदै आएको छ । क्युङसुङ विश्वविद्यालयमा अध्ययन गरिसकेका विद्यार्थीहरु विश्वको कुनै पनि विषयसँग इक्युभ्यालेन्ट (ग्लोबलाइज विश्वविद्यालय) हुन्छ । यस विश्वविद्यालयमा अध्ययन गर्नको लागि नेपालमा क्युङसुङ विश्वविद्यालयबाट मान्यता प्राप्त संस्था गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालि मात्र एजेन्सी रहेको छ । 


के हो गोल्डेन एमिनेन्ट ?
गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालि भरतपुरले विगत आठ वर्षदेखि दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थी पठाउँदै आएको छ । यस संस्थाले विगत ८ वर्षको अनुभवमा कोरियाका विभिन्न विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ । विद्यार्थीलाई विभिन्न विषयमा दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा भर्ना गर्दै आएको छ । विगत वर्षहरुमा विभिन्न विश्वविद्यालयको र त्यहाँ पढ्ने विषयहरुको र विद्यार्थीको करिअरसम्बन्धी सम्पूर्ण परामर्श विज्ञ अनुभव परामर्श दाताबाट दिँदै आएको छ । 
दक्षिण कोरियाको विश्वविद्यालयसँग सहकार्य गर्दा पूर्ण रुपमा मान्यता प्राप्त नेपाल सरकार विज्ञान तथा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त परामर्शदाताको रुपमा गोल्डेन एमिनेन्टले परामर्श दिँदै आएको छ । दक्षिण कोरियामा जति पनि विद्यार्थीहरुको समस्यामा सधँै साथ र सहयोग यस कम्पनीले गर्दै आएको छ । विगत वर्षहरुदेखि धेरै भन्दा धेरै विद्यार्थीहरुलाई न्यून शुल्क तथा छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न दक्षिण कोरियामा पढ्न पठाउन सफल यस संस्था रहेको छ । दक्षिण कोरिया पुगेका विद्यार्थीहरुलाई एअरपोर्टदेखि होस्टल, रोजगारी गर्दा पर्ने समस्यामा सदैव सहयोग गर्दै आएको छ । सफल खबरबाट