नवलपुरमा आज थप ७ जनामा कोभिड १९ पुष्टी

२०७८ कार्तिक ८ सोमबार १९:३८:०० मा प्रकाशित


नवलपुरमा आज थप ७ जनामा कोभिड १९ पुष्टी भएको छ । यो सँगै नवलपुरमा सक्रिय संक्रमीतको संख्या २९ पुगेको छ । स्वास्थ कार्यलय नवलपुरका अनुसार आज गैँडाकोटका ३ जना, कावसोतीका ३ जना र देवचुलीका १ जनामा कोभिड १९ पुष्टी भएको छ । यस्तै सबैभन्दा धेरै सक्रिय संक्रमित कावसोतीमा रहेका छन् । कावसोतीमा ८ जना , जना संक्रिय संक्रमित छन् भने मध्यबिन्दुमा ४ जना, देवचुलीमा ७ जना, गैँडाकोटमा ६ जना र विनय त्रिवेणी १ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरद्वारा जारी सुचनामा जनाइएको छ । यस्तै आज १ जनाले कोभिड १९ लाई जिते संगै डिस्चार्ज हुनेको हालसम्मको संख्या ८ हजार १सय ९९ पुगेकोे स्वास्थ्य कार्यलयले जनाएको छ ।