पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाण्डौं । नेपाल चीन सीमानास्थित भोटेकोशाी र ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले पाँच जिल्लाका १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशन गरेर ति स्थानीय तहलाई तीन महिनाको लागि विपद् सङ्कटग्रस्त घोषणा गरेको हो । संकटग्रस्त क्षेत्र घोषण भएका रसुवाका उत्तरगया, गोसाईंकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारेश्वर गाउँपालिका छन्।यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबूखैरेनी गाउँपालिका रहेका छन् ।