छिस्ती–चितवन, नवलपुर सम्पर्क समाजको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन साउन ३० गते हुँदै 

२०८३ श्रावण २८ बिहीबार ०६:४२:०० मा प्रकाशित


छिस्ती–चितवन, नवलपुर सम्पर्क समाजको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन यही साउन ३० गते गैँडाकोट सिलन्यास चोकस्थित होटल ताजमहलमा हुने भएको छ। 


अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न अध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। साथै हल तथा खाजा व्यवस्थापन, प्रचारप्रसार, विवरण संकलन तथा सम्मान व्यवस्थापन र अतिथि सत्कारका लागि विभिन्न उपसमिति गठन गरिएको छ।


अधिवेशनका अवसरमा ८० वर्ष उमेर पूरा गरेका संस्थाका सदस्य परिवारका ज्येष्ठ नागरिक तथा क्भ्भ् परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान तथा प्रशंसा गरिने कार्यक्रम रहेको समाजले जनाएको छ।


सम्मान तथा प्रशंसाका लागि योग्य व्यक्तिहरूको विवरण उपलब्ध गराउन समाजले सम्बन्धित सबैमा आग्रह गरेको छ। साथै अधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सम्बन्धित सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अनुरोध गरिएको छ। 
 

ताजा खबर