प्रधानमन्त्री शाहले नेपालले भारतीय जमिन मिचेको अभिव्यक्ति दिएसँगै आलोचना सुरु
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय जमिन मिचेको अभिव्यक्ति दिएसँगै आलोचना सुरु भएको छ । प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोस्टमबाटै ’नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्नु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको सरोकारवालाहरूको भनाइ छ । ऐतिहासिक दस्ताबेज, नक्सा र तथ्यहरूले नेपालको सीमा मिचिएको र मिच्ने काम छिमेकी पक्षबाट भएको देखिन्छ । तर प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पु¥याएको सरोकारवालाहरूको भनाइ छ ।