पछिल्लो १० वर्षमा २ हजार ६ सय बढी सडक बालबालिकाको उद्धार

२०८३ जेठ १३ बुधबार १६:०७:०० मा प्रकाशित

काठमाडौँ । सरकारले सञ्चालन गरेको ’सडक बालबालिका मुक्त नेपाल’ अभियान अन्तर्गत पछिल्लो १० वर्षमा २ हजार ६ सय भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार २०७३ वैशाख २७ देखि २०८२ फागुनसम्म कुल २ हजार ६ सय ५८ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ । उद्धार गरिएका कुल बालबालिकाहरूमा बालकको संख्या उल्लेख्य देखिएको छ ।

 

प्रतिवेदन अनुसार उद्धार गरिएका मध्ये बालक २,२५८ जना (८५ प्रतिशत) र बालिका ४०० जना (१५ प्रतिशत) रहेका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को आठ महिना (फागुनसम्म) मा मात्रै १०५ जना बालबालिकाको उद्धार गरिएको छ। जसमा ६९ जना बालक र ३६ जना बालिका रहेका छन् । गत आर्थिक वर्ष २०८१÷८२ मा २०४ जना र आर्थिक वर्ष २०८०÷८१ मा २३५ जना सडक बालबालिकाको उद्धार गरिएको छ।