गैंडाकोट-७ मा तेस्रो शृङ्खलाको बृहत् युवा भजन आज हुँदै

२०८३ जेठ २ शनिबार ११:४५:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट  युवा भजन समूहको सक्रियतामा वैदिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक शनिबार युवा भजन कार्यक्रम सञ्चालन हुँदै आएको छ । गैंडाकोटका युवाहरूको सक्रिय सहभागितामा निरन्तर आयोजना हुँदै आएका यस्ता कार्यक्रमले धार्मिक तथा सांस्कृतिक जागरणमा टेवा पुर्‍याउँदै आएका छन् ।


यसैक्रममा, आज साँझ ५ बजेदेखि ७ बजेसम्म गैंडाकोट-७ शीतलनगरस्थित हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा तेस्रो शृङ्खलाको बृहत् युवा भजन कार्यक्रम आयोजना गरिने भएको छ ।


हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट-७ का सचिव भानु सापकोटाले कार्यक्रमबारे जानकारी दिँदै धर्म, संस्कार र वैदिक परम्पराप्रति युवाहरूको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । कार्यक्रममा स्थानीय युवाहरू, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।