दशैं र नयाँ नोटको इतिहास‌‌‌‌...

२०७८ असोज २७ बुधबार १२:३३:०० मा प्रकाशित


दशैंसँगै जोडिन आउने नयाँ नोटको जोहो पनि कतिपयले गरिसकेका छन् भने कतिपयले नयाँ नोट साट्ने तयारीमा छन् । यो वर्ष नेपाल राष्ट्र बैंकले गत असोज ४ गतेदेखि आम सर्वसाधारणलाई वाणिज्य बैंकमा गएर बढीमा १८ हजार ५ सय रुपैयाँ साट्न सक्ने सक्ने व्यवस्था गरेको छ । दशैं भन्नेबित्तिकै आम नेपालीहरुको दिमागमा नयाँ नोटको सचित्र आउने गर्छ ।  

नयाँ नोटको इतिहास

दशैं मा नयाँ नोटको इतिहास पुरानै छ । राणा कालमै दसैंपर्वमा बजारमा नयाँ नोट ल्याउन प्रचलन सुरु भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार वि।स। २००२ मा राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा नेपालमा पहिलो पटक कागजी नोट निस्किएको बताइन्छ । २००२ देखि हालसम्म निरन्तर गभर्नरको हस्ताक्षरसहित नयाँ नोट निस्किन्छ । राणा कालमै दसैंमा नयाँ नोट चलाउने परम्परा सुरु भएको मानिन्छ । राष्ट्र बैंककाअनुसार २००२ मा पहिलोपटक सदरखानाबाट निस्किएको नोटमा ढुकुटी वा भण्डारको जिम्मा लिने अधिकारी ९जसलाई खजान्ची भनिन्थ्यो० को हस्ताक्षर थियो ।त्यसपछि निरन्तर २०१३ सालसम्मको नोटमा खजान्चीको हस्ताक्षर हुने गथ्र्यो भने वि स। २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापनापछि गभर्नरको हस्ताक्षरमा नयाँ नोट बजारमा आउन थालेको इतिहास छ । बजारमा अउने नोटमध्ये धेरै नोट दसैंको मुखमा बजारमा ल्याउने प्रचलन छ । नोटमा हस्ताक्षर गर्ने नेपालको पहिलो खजाञ्जी जनकराज पण्डित हुन् भने पहिलो गभर्नर हिमालय शमशेर राणा हुन् । नेपालमा सबैभन्दा पहिले खञ्जाचीको हस्ताक्षरमा ५, १० र १ सय मोरुमा नोटहरु बजारमा आएका थिए । त्यसपछि २००९ मा नरेन्द्रराजको पालामा १ पनि मोरु निष्कासन भएको इतिहास छ भने २०२६ सालमा एक हजार रुपैयाँको नोट निष्कासन पहिलो पटक भएको थियो । त्यसको दुइ वर्षपछि २०२८ मा पाँच सय रुपैयाँको नोट पनि पहिलो पटक निष्कासन भएको थियो । ५०, ५, २० र २५ रुपैयाँको नोट भने क्रमशः २०३४, २०३८, २०३९ र २०५२ सालमा निष्कासन सुरु भएको हो । 

नोट निकाल्ने प्रक्रिया

नोटहरु जति पायो त्यति छाप्न मिल्दैन । नोट छाप्न त्यस रकम बराबरको सम्पत्ति सरकारसँग हुनुपर्छ । त्यसलाई सुरक्षण भनिन्छ । अर्थात् जति रुपैयाँ छाप्ने हो त्यसका लागि धितो राख्नपर्ने जति सम्पत्ति सुरक्षण हुनुपर्छ ।त्यस्तो सुरक्षणमा सुन, विदेशी मुद्रा र त्यसले नपुगेको अस्था राष्ट्र बैंकले खरिद गरेको सरकारको ऋणपत्रलाई पनि सुरक्षणका रुपमा राख्ने प्रचलन छ । यसरी विभागले विभागको सुरक्षण राखेको पक्का गरेपछि मात्रै मुद्रा निष्कासन गर्ने गरिन्छ ।नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्ने गर्छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको अर्थतन्त्रको आकार र सम्भावित विस्तारलाई मध्यनजर गर्दै हरेक वर्ष आउने वर्षका लागि चाहिन सक्ने नोट आवश्यकता पहिचानसहित सिफारिस गर्छ । त्यही आधारमा राष्ट्र बैंकको सञ्चालक समितिको नोट निष्कासनसम्बन्धी निर्णय गर्छ । निर्णयका आारमा मुद्रा व्यवस्थापन विभागले नोटको दर र परिमाण तोक्छ र त्यसैअनुसार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिन्छ । बोलपत्र आह्वानपछि खरिद नियमावली अनुसार सस्तो र भरपर्दो कम्पनीलाई नोट छपाइको जिम्मा दिइन्छ । नेपालन्युज