तिहारको समयमा नवलपुरमा २६ वटा सवारी दुर्घटना, चार जनाको मृत्यु

२०८२ कार्तिक ९ आइतबार १७:०९:०० मा प्रकाशित

नवलपुर । तिहारको समयमा गएको एक सातामा नवलपुरमा २६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४८ जना घाइते भएका छन् भने चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका हुन्।


विजय एफएमसँगको कुराकानीमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जिल्लामा भएका दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटर, छ वटा तेल ट्याड्ढर, अटो-रिक्सा लगायत सवारीसाधन संलग्न रहेका थिए ।


नेपालका अनुसार जिल्लामा भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएका छन् । तीव्र गति, सडकको खराब अवस्था र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण रहेको उहाँको भनाइ छ। उहाँले ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाउँदा ठूलो क्षति हुने भएकाले सावधानी अपनाउन तथा नियमपालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।