सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ नवलपुरको विरोध, पालिकालाई ज्ञापनपत्र
नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयको विरोध गर्दै आठवटै पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मामार्फत बुझाइएको ज्ञापन पत्रमा केन्द्र सरकारले चैत १८ मा जारी गरेको परिपत्रले प्रेस स्वतन्त्रता र निजी सञ्चार माध्यमको अस्तित्वमा असर पर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजन गौतम र मनिष खनाल तथा प्रदेश सभा सदस्यहरू रोशनबहादुर गाहा र विन्दु पौडेल सहभागी हुनुहुथ्यो ।महासंघले निर्णय फिर्ता लिन माग गर्दै स्थानीय तह र सरकारी कार्यालयबाट प्रकाशित सूचना तथा विज्ञापनमा सहजीकरण गरिदिन आग्रह गरेको छ । ज्ञापन पत्र बुझ्दै समन्वय प्रमुख विश्वकर्माले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।