मौलाकाली केबलकार आजदेखि १७ गतेसम्म आशिंक रुपमा बन्द रहने

२०८३ बैशाख १४ सोमबार १५:५३:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट १ स्थित मौलाकाली केबलकार केही दिनका लागी आशिंक रुपमा बन्द हुने भएको छ ।


केबलकार कम्पनीले जारी गरेको सूचनाअनुसार नियमित मर्मत सम्भार कार्यका कारण सेवा प्रभावित हुने जनाइएको छ । सूचनामा उल्लेख भएअनुसार यही वैशाख १४ गते (आजदेखि) १७ गतेसम्म मर्मत कार्य गरिनेछ । उक्त अवधिमा केबलकार सेवा दैनिक दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म बन्द रहनेछ भने बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म तथा साँझ ७ बजेदेखि राति १२ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । 


कम्पनीले मर्मत कार्यका कारण यात्रुहरुमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । साथै, नियमित मर्मत तथा प्राविधिक परीक्षणले सेवा सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने जनाएको छ ।