मौलाकालि सिकाइ केन्द्रको आयोजनामा गैडाकोटमा सिपमूलक तालिम सुरु 

२०८२ चैत १७ मंगलबार १२:५७:०० मा प्रकाशित

चैत्र १७ गते, हिमाल देव पंगेनी , गैडाकोट । मौलाकालि सामुदायिक सिकाई केन्द्र गैडाकोट ४ को आयोजना मा १५ दिने सिपमुलक तालिम आज सुरु भएको छ । हस्तकलाका विभिन्न सामाग्रीहरु उत्पादन गर्ने उद्देश्यले सुरु भएको तालिम को आज उद्घाटन गरिएको छ।

 

प्रौढ शिक्षा एवम् गृहणी कक्षा सञ्चालन गर्दै आएको यस सिकाई केन्द्रले  सिपमुलक कार्यक्रम अन्तरगत गहुँको छ्‌वाली बाट हस्तकला का सामग्रीहरू  निर्माण गर्ने उद्देश्यले आयोजित उक्त उद्घाटन कार्यक्रम सिकाई केन्द्रको अध्यक्ष कमल प्रसाद पराजुली को अध्यक्षता मा र गैडाकोट नगरपालिका को नगर उप प्रमुख शान्ति कोईराला को प्रमुख आतिथ्यता मा भएको थियो ।

 

गैडाकोट का नौवटा वार्डहरू बाट सहभागिता जनाईएको सो १५ दिने तालिमको उद्घाटन कार्यक्रममा गैडाकोट नगरपालिका का  नगरप्रमुख एवम् प्रमुख अतिथि शान्ति कोईराला ले सिपमुलक तालिमले महिला शसक्तिकरण मा सहयोग गर्ने भन्दै सिकेका कुरालाई व्यवसाय सँग जोड्न आग्रह गर्नुभयो ।  प्रमुख अतिथी उपप्रमुख कोईरालाले सिकाई केन्द्र को प्रशंसा गर्दै संस्थाको कार्यक्रममा सहयोग  रहने विचार व्यक्त गर्नुभयो ।

 

त्यस्तै वार्ड नं ५ का वडा अध्यक्ष रलप्रसाद सापकोटा ले तालिमबाट सिकेर उत्पादन गरिएको वस्तुहरुलाई बजारीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले तालिमलाई व्यवसाय जोड्न आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा   जनक नमुना मा वि का प्रधानाध्यापक वुद्धि सागर पण्डित ले तालिम लिनका लागि मात्रै नभएर आफ्नो क्षमतालाई उजागर गर्ने अवसर पनि भएकोले उपयोग गर्न आग्रह गर्नुभयो ।

 

 

सिकाई केन्द्रको कोषाध्यक्ष हिमाल देव पंगेनी ले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम मा वडा नं ४ का वडा सदस्य शान्ति भुजेल , वडा नं १ का वडा सदस्य लक्ष्मी चालिसे , जय श्री सामुदायिक बनका उपाध्यक्ष ढाका सुवेदी लगायतका अतिथिहरु  रहनुभएको थियो। जनक मा. वि को समाहलमा भएको सो उद्घाटन कार्यक्रमको सहजीकरण सिकाई केन्द्र का परिचालिका याममाया पुलामीले गर्नुभएको थियो।