मुग्लिन-मलेखु सडकखण्ड भोलिबाट रातिमा बन्द हुने
भरतपुर । मुग्लिन मलेखु सडकखण्ड चैत १७, १८ र १९ गतेसम्म राति १० बजेदेखी बिहान ४ बजे सम्म बन्द हुने भएको छ । घोप्टे भीर खण्डमा भित्ता काट्ने काम भइरहेकाले रातिको समयमा सवारी आवागमन आंशिक रुपमा बन्द गरिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस खण्डमा अहिले धमाधम काम भइरहेको छ । विना सूचना सडक पटकपटक बन्द गरिदै आएकोमा यात्रुको असुविधालाई मध्य नजर गरि सडक बन्द गरिएको उहाँको भनाई छ ।