श्रीशेष लक्ष्मीनारायण मन्दिरको पञ्चदिवसीय ब्रम्होत्सव कार्यक्रम शुरु
चितवन । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित श्रीशेष लक्ष्मीनारायण मन्दिरको पञ्चदिवसीय बार्षिक ब्रम्होत्सवको कार्यक्रम आज सोमबारदेखि शुरु भएको छ ।
कार्यक्रम चैत्र ९ गते देखि १३ गते सम्म सञ्चालन हुने मन्दिरका अध्यक्ष एवं आचार्य स्वामी श्रीपद्मनाभाचार्य जानकारी दिनुभयो । प्रथम दिवसको दिन सोमबार यज्ञको पूर्वा·, अङ्कुरारोपण, ध्वजारोहण, विष्वक्सेनपूजाको कार्यक्रम सञ्चालन भएको स्वामी श्री पद्मनाभाचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी चैत्र १० देखि १२ गते सम्म महाभिषेक, विशेष हवन, पाठपारायण, अनुष्ठान र प्रवचन, भजन किर्तनका कार्यक्रम सञ्चालन हुनेछ । अन्तिम दिन चैत्र १३ गते रथयात्रा सहित नगरपरिक्रमा, श्री रामजयन्ती उत्सव, यज्ञ पूर्णाहुती र समापनका कार्यक्रम रहेकोले सम्पूर्ण भक्तभागवतहरुमा उपस्थितिका लागि स्वामी श्री पद्मनाभाचार्यले अनुरोध गर्नुभएको छ ।