किड्स वल्र्ड मन्टेश्वरीमा प्रभावकारी अभिभावकत्वसम्बन्धी एकदिने अभिमुखी कार्यक्रम सम्पन्न
चितवन । चितवनको किड्स वल्र्ड मन्टेश्वरीमा “प्रभावकारी एवं कुशल अभिभावकत्व” विषयक एकदिने अभिमुखी कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन त्यसै मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालको सभापतित्वमा प्रस्तोता बाग्मती श्रेष्ठले गर्नुभएको थियो । यसैगरी मन्टेश्वरीकी प्रवन्ध निर्देशक निरु सिग्देल खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा काठमाडौंबाट आउनुभएका प्रसिद्ध प्रशिक्षक सानु अमात्यले प्रशिक्षण दिनुभएको थियो। उहाँको अनुसार एक कुशल र प्रभावकारी अभिभावकत्वले नै बालबालिकाहरुको उज्वल भविष्यलाई निर्धारण गर्दछ। यसरी उहाँले प्रभावकारी र सफल अभिभावकत्वको भूमिकाबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो। उहाँ एक सफल लेखिका, बाल विकास विशेषज्ञ तथा अनुसन्धानकर्ता हुनुहुन्छ।
यसैक्रममा मन्टेश्वरीकी सह-
प्राचार्य एलिना थापाले आधुनिक तथा प्रविधिमैत्री युगमा प्रभावकारी अभिभावकत्वको सम्बन्धमा आफ्ना अनुभव तथा विचारहरु राख्नुभएको थियो। कार्यक्रममा करिब ८० जना अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको समापन मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालले गर्नुभएको थियो । समापन मन्तव्यका क्रममा उहाँले आजका बालबालिकालाई भविष्यमा सक्षम, योग्य र आत्मनिर्भर नागरिक बनाउन विद्यालय, अभिभावक र विद्यार्थीबीच निरन्तर सहकार्य र समन्वय हुनु अत्यन्त जरुरी रहेको बताउनुभयो।