ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १६ को अध्यक्षमा टिकाराम सापकोटा चयन

२०८२ पौष २९ मंगलबार १७:२३:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १६ को साधारण सभा तथा दोस्रो अधिवेशन मंगलबार गैंडाकोट १६ स्थित अमरापुरीको राममन्दिरमा सम्पन्न भएको छ ।

 

ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष खडानन्द निउरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट १६ का जनप्रतिनिधि दिनेश देवकोटा रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो ।

 
कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक आत्मराम पौडेल लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।


अधिवेशनबाट टिकाराम सापकोटा अध्यक्षतामा ९ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा रामभक्त सुवेदी, सचिव उमानीधी आचार्य, कोषाध्यक्ष टिकाकुमारी बोहोरा रहनुभएको छ ।


समितिको सदस्यहरूमा मोतीलाल सापकोटा, खडानन्द निउरे, लक्ष्मी प्रसाद सापकोटा, चन्द्रकला बोहोरा, भुप प्रसाद कंडेल चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा आत्मराम पौडेल, योगराज कंडेल र नारायण प्रसाद देवकोटा रहनुभएको छ । 


यसअघि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ज्येष्ठ नागरिक वडासंघका उपाध्यक्ष रामभक्त सुवेदीले राख्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक सदस्य लिलाधर पोखरेलले गर्नुभएको थियो । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ ।