किसान परिवारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

२०७८ असोज २३ शनिबार १७:३५:०० मा प्रकाशित


गैँडाकोट । किसान परिवारले गैँडाकोटमा विजयादशमी, दिपावली, नेपाल सम्बत एवं छठको पावन अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

किसान बचत तथा ऋण सहकारी संस्था, किसान उपभोक्ता सहकारी संस्था, सहज फाउण्डेशन र किसान ग्यालेरीको संयुक्त आयोजनामा किसान मार्टमा कार्यक्रम सम्पन्न भएको हो ।

किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा किसान उपभोक्ता सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रमाण पत्र र डिजिटल कार्ड समेत वितरण गरिएको थियो ।