तेस्रो गैँडाकोट वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिता सम्पन्र, गैँडाकोट वडा नं. ८ प्रथम
गैँडाकोट । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्धन गर्ने उद्देश्यले गैंडाकोटमा भएको तेस्रो गैंडाकोट वडास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता शनिबार सम्पन्र भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ गैंडाकोट १४ टाउन भागर युवा क्लबको खेलमैदानमा भएको प्रतियोगितामा गैँडाकोट वडा नं. ८ प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम भएको गैँडाकोट वडा नं. ८ ले ५५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको वडा नं. १४ ले ३१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, सेमि फाइनलमा पुग्दै वडा नं. १२ र वडा नं. ४ ले सान्त्वन्ना स्थान हासिल गरेका छन् । सान्त्वना स्थान हासिल गरेका वडा नं. १२ र वडा नं. ४ ले नगद रु ११/११ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलअवधिभर विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा प्रत्येक खेलाडिहरुलाई एक लाख बराबरको दुर्घटना बिमा गरिएको खेल संयोजक रोशन दर्लामी मगरले जानकारी दिनुभयो ।