गैँडाकोटमा पाँचौँ ज्येष्ठ नागरिक दिवस सम्पन्न

२०८२ पौष ११ शुक्रबार १९:०५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा पाँचौँ ज्येष्ठ नागरिक दिवस “सभ्य नागरिकको पहिचान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ सम्पन्न भएको छ। कार्यक्रम गैँडाकोट नगरपालिकाको सभा हलमा नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य डा. गोपाल खनाल, संस्थाका संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, राष्ट्रिय ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डिल्ली सिग्देल, त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका डा. आजाद पुरी, महिला तथा बालबालिका शाखाकी अधिकृत राधा लम्साल, भर्खरै सेवा निवृत्त कर्मचारी सीता लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

ज्येष्ठ नागरिक संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सदस्य लिलाधर पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक जिल्ला सदस्य कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो।