नेपालमा पनि टी-२० विश्वकप ट्रफी टुर हुने

२०८२ पौष २ बुधबार १९:०८:०० मा प्रकाशित

काठमाण्डौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८सम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो ।

 

आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र म∙ोलियामा लगिनेछ । त्यस्तै, नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह सी मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, ब∙लादेश र इटाली रहेका छन् ।

 

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ भने नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै  नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो ।

 

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन्