प्लाष्टिकको प्रयोग निरुत्साहित गर्दै नवलपुरका होटलहरु
नवलपुर । नवलपुरका होटलहरू प्लाष्टिकको प्रयोग निरुत्साहित गर्ने कार्यमा जुटेका छन् । नवलपुरको मध्यवर्ती आसपासका होटलहरू प्लाष्टिकको प्रयोग निरुत्साहित गर्ने अभियानमा लागेका छन् ।
कावासोती नगरपालिकामा रहेका केही होटल तथा लज र होम स्टेहरूले प्लाष्टिकको प्रयोग गदैनन् । प्लाष्टिकको विकल्पमा सिसा , फाइबर, अनि परम्परागत रुपमा बाँस तथा खरबाट बनेका सामग्रीहरूको प्रयोग गर्ने गरेका छन् । पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती आसपासमा रहेका केही होटेल तथा होम स्टेले प्लाष्टिकको प्रयोग गर्दैनन् ।
पर्यटन समिति अध्यक्ष महतोका अनुसार रिसोर्टमा आएका पाहुनाका लागि वेलकम ड्रिंगस, खाजा, खानादेखि बेडरुममा पनि प्लाष्टिकको बोतल प्रयोग गरिदैन । खानका लागि प्रयोग हुने भाँडाकुँडा मात्रै होइन, होटल सञ्चालनका लागि आवश्यक पर्ने अन्य सामग्रीमा पनि प्लाष्टिकको सट्टामा परम्परागत सामग्री प्रयोग गर्ने गरिएको महतोले बताउनुभयो ।