१८ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गैंडाकोट नगरपालिका प्रथम

२०८२ मङ्सिर १६ मंगलबार १९:०२:०० मा प्रकाशित

नवलपुर । १८ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय, विनयी त्रिवेणी-६ को संयोजनमा आइतबारबाट सुरु भएको प्रतियोगिता सोमबार समापन भएको हो । प्रतियोगितामा एथलेटिक्स, मार्सल आट्र्स, कबडी र भलिबलका खेलहरु संचालन भएका थिए । 


प्रतियोगितामा गैंडाकोट नगरपालिकाले १५ स्वर्ण, ८ रजत र १२ कास्य पदक प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो ।


प्रतियोगिता अन्र्तगत मध्यविन्दु नगरपालिकाले १२ स्वर्ण, ११ रजत र १८ कास्य पदक सहित जिल्लामा द्वितीय भएको छ भने कावासोती नगरपालिकाले ११ स्वर्ण, १० रजत र १७ कास्य पदक प्राप्त गर्दै तृतीय भएको छ ।

 

त्यसैगरी,  देवचुली नगरपालिकाले ११ स्वर्ण, ८ रजत र १२ कास्य पदक,  बौदीकाली गाउँपालिकाले २ स्वर्ण, ८ रजत र २ कास्य पदक, विनयी त्रिवेणी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र २ कास्य पदक, बुलिङटार गाउँपालिकाले १ स्वर्ण, ३ रजत पदक र हुप्सेकोट गाउँपालिकाले ४ रजत  १३ कास्य पदक प्राप्त गरेका छन् ।

 

यसैबिच गैंडाकोट नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयको जितसंगै आज गैंडाकोट नगरपालिकाका कर्मचारी विद्यार्थी, खेलकुद प्रतिनिधि जनप्रतिनिधि विद्यार्थीहरुले विजयी र्याली नगरपालिकाबाट निकाली सम्पूर्ण नगर परिक्रमा गरिएको  छ ।