गैँडाकोटमा जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
गैँडाकोट । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आयोजनामा शुक्रबार गैँडाकोटस्थित किड्स होम एकेडेमीमा जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा जुनियरतर्फ किड्स होम एकेडेमी प्रथम भएको छ भने लर्ड बुद्ध सेकेन्डरी इंग्लिस स्कुल दोस्रो र ग्रीन भ्याली सेकेन्डरी इंग्लिस स्कुल तेस्रो भएको छ ।
त्यस्तै, सिनियरतर्फ नेपाल ग्रीन भ्याली सेकेन्डरी इंग्लिस स्कुलले प्रथम स्थान हासिल गर्दा किड्स होम एकेडेमी दोस्रो र लर्ड बुद्ध सेकेन्डरी स्कुल तेस्रो भएका छन्।
कार्यक्रममा विजयी टोलीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन नवलपुरका अध्यक्ष बासुदेव गैरेले गर्नुभएको थियो । प्रतियोगितामा निर्णायकका रूपमा बसन्त लामा र विक्रम श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्रराज श्रेष्ठ रहनुभएको थियो भने विशेष अतिथि नेशनल प्याब्सनका केन्द्रिय सचिव राजु पाण्डे, केन्द्रिय सदस्य रमेश अधिकारी रहनुभएको थियो ।
सचिव चुरामण्डी महत्तोले सहजीकरण गर्नुभएको कार्यक्रममा नेशनल प्याब्सन नवलपुरमा आवद्ध ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।