महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

२०८२ मङ्सिर ७ आइतबार १३:३४:०० मा प्रकाशित

विराटनगर । नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि सुनसरीको दुहबीमा पनि युवाहरुले  प्रदर्शन गरेका छन् । महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले  टायर बालेर प्रदर्शन गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।